परिक्रमा आज भारतको बिसौलमा, कल्ना पुगेर भोली जनकपुर फर्किने

[sharethis-inline-buttons]

आज्ञा खबर
महोत्तरी
धनुषाको मिथिला बिहारी नगरपालिका–८ स्थित ऐतिहासिक महत्वको मिथिला बिहारी मन्दिरबाट झाँकी र कीर्तनसहित फागुन ८ गते सुरु भएको १५ दिने मिथिला मध्यमा परिक्रमा आज भारतको विहार राज्यस्थित बिसौल पुगेर जनकपुरधाम भोली बेलुका फर्कने छ। हिजो शनिबार १३ औं पडावस्थल भारत बिहारकै करुण पुगेर रात्रि विश्राम गरेका परिक्रमा यात्री आज बिहानैदेखि बिसौलका लागि प्रस्थान गरेको हो ।
१४ औं पडाव स्थल बिसौलमा आज परिक्रमा यात्री रात्रि विश्राम गरेपछि भोलि पुनः बिहारकै कल्ना प्रस्थान गर्नेछन् । कल्ना पुगेर परिक्रमा यात्री जनकपुरधाम फर्किने छन् ।
प्रत्येक वर्ष फाल्गुन शुक्लपक्ष प्रतिपदाका दिनदेखि १५ दिन मिथिला मध्यमा परिक्रममा सुरु हुने चलन छ। परिक्रमाका क्रममा १५ दिनसम्म डोलालाई जनकपुरधामबाट कल्याणेश्वर हुँदै फूलहर, मठिहानी, जलेश्वर, मडई, ध्रुवकुण्ड, कञ्चनवन, क्षिरेश्वरनाथ (पर्वत्ता), धनुषाधाम, सतोषर (मिथिलेश्वरनाथ), अउढी, करुणा, बिसौल र फेरि कल्याणेश्वरसम्म पु¥याउने परम्परा रहेको छ । डोला फागु पूर्णिमाका दिन जनकपुरधाम फर्किएर नगरको पाँचकोसे अन्तर्गृह परिक्रमा गरी समाप्त हुने छ ।
नेपाल र भारतबीचको धार्मिक, सांस्कृतिक एवं पारम्परिक सद्भावको प्रतीक बनेको परिक्रमाका क्रममा श्रद्धालुले १३५ किलोमिटर पैदलयात्रा गर्ने गर्छन्।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...