बारावाट तीनजना गाँजासहित पक्राउ

[sharethis-inline-buttons]

आज्ञा खबर
बारा
बारावाट तीनजना गाँजासहित पक्राउ परेका छन्। जितपुर सिमरा उपमहानगरपालिका–१ पथलैया चोकमा चेकजाँचको क्रममा अमलेखगञ्जबाट पथलैयातर्फ आउँदै गरेको ना २ ह ४९५० नम्बरको अटो भाग्ने क्रममा प्रहरीले पिछा गर्दा अटोमा सवार बारा जितपुरसिमरा उपमहानगरपालिका–२२ चकरी बस्ने नरेश बम, हिरामान थिङ र सुरेश स्याङतान लाई पक्राउ गरीएको बाराका प्रहरी प्रवक्ता पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिए।

अटोभित्र प्रहरीले चेकजाँच गर्दा लुकाई छिपाई ल्याएको १२ किलो गाँजा बरामद गरिएको जनाएको छ। पक्राउ परेका तीनै जनालाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...