आज्ञा खबर
काठमाडौ
भारतबाट इन्धनको मूल्य घटेर आएको छ। ग्यासको मूल्यमा केही वृद्धि भए पनि अरूको मूल्य घटेको हो।
नेपाल आयल निगमका अनुसार पेट्रोलमा १।२१, डिजेलमा ५।०५, मट्टितेलमा ३।४०, हवाई इन्धनमा ७।०३ रुपैयाँ घटेर आएको हो।
नेपाल आयल निगमलाई भारतीय इन्धन बिक्रेता कम्पनी भारतीय आयल कर्पोरेसन ९आईओसी० ले बुधबार इन्धनको नयाँ लागत मूल्य पठाएको हो।
ग्यासको मूल्यमा भने ३३९।०६ रुपैयाँ बढेर आएको छ। निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार निगमलाई १५ दिनमा १५ करोड रुपैयाँ नाफा हुने छ।
निगमले सरकार र इन्डियन आयल कर्पोरेसनलाई अझै १६ अर्ब बक्यौता तिर्न बाँकी छ।