बर्दिवासमा चौथो बर्दिवास महोत्सवको आयोजना हुँने

[sharethis-inline-buttons]

आज्ञा खबर
बर्दिवास
महोत्तरीको बर्दिवासमा चौथो बर्दिवास महोत्सवको आयोजना हुँने भएको छ ।
आगामी चैत ३ गतेदेखि १३ गते सम्म अर्थात ११ दिनसम्म उक्त महोत्सव लाग्ने आयोजकले जनाएको छ ।
बर्दिवास नगरलाई व्यापारिक केन्द्रका रुपमा प्रवद्र्धन गर्ने उद्देश्यले यहाँ बर्दिवास महोत्सवको आयोजना गरिने भएको हो ।

बर्दिवास उद्योग वाणिज्य संघ तथा राष्ट्रिय लोकदोहरी प्रतिष्ठान महोत्तरीको संयुक्त आयोजनामा महोत्सव लाग्ने शनिवार बर्दिवासमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिईएको छ।
महोत्सबमा बर्दिवासको विशिष्ट उत्पादनको पहिचान बढाउन, बजार विस्तार गर्न र बर्दिवासको व्यापारिक सम्भावनाबारे व्यापारी र उपभोक्तालाई विश्वस्त बनाउने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको उद्योग बाणिज्य संघ बर्दिवासका अध्क्षय बिष्णु बहादुर खड्काले बताए । महोत्सवमा बर्दिवास क्षेत्रमा उत्पादन हुँदै आएको कृषि उपज र पर्यटन क्षेत्रको प्रदर्शनी गर्ने संघको तयारी छ । बर्दिवास नगर क्षेत्रका माईस्थानको परबल, बिजलपुरा र पशुपतिनगरको हरियो तरकारी र हाथिलेट क्षेत्रमा उत्पादित उखुको सख्खर स्वादमा विशिष्ट मानिन्छ ।

महोत्सवमा मुलुककै प्रसिद्ध कलाकारहरुका साथै स्थानिय संस्थागत तथा सामुदायिक बिद्यालयका बिद्यार्थीहरुको सांस्कृतिक कार्यक्रम प्रस्तुति, कृषि मेला प्रदर्शनी र विभिन्न स्थानिय भाषाभाषिका सांस्कृतिक झाँकी प्रदर्शन गरिने कार्यक्रम छ ।

महोत्सवमा करिब रु ५५ लाख खर्च हुनुको साथै ६० लाख आम्दानी हुँने अनुमान गरिएको छ। अपाङ्ग जेष्ठ नागरीक लगायतकालाई निशुल्क प्रबेशको ब्यवस्था मिलाईने भएको छ। मेला अवलोकनकालागी प्रबेश शुल्क रु ६० राखिएको छ भने बिद्यार्थीलाई रु ४० मा प्रबेशको ब्यवस्था मिलाईएको छ।
महोत्सव एक लाखभन्दा बढीले अवलोकन गर्ने संघले जनाएको छ ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...