अब आकस्मिक बिदाको दिन समेत बैंक तथा वित्तीय संस्थाको शाखा खुल्ने

[sharethis-inline-buttons]

आज्ञा खबर
काठमाडौ
काठमाडौं । सरकारले दिने आकस्मिक बिदाको दिन बैंक तथा वित्तीय संस्थाको शाखा खोल्न निर्देशन दिएको छ।

राष्ट्र बैंकले एकीकृत निर्देशिका जारी गर्दै वार्षिक रुपमा स्वीकृत गरेको बिदाबाहेक नेपाल सरकारबाट अतिरिक्त आकस्मिक बिदा घोषणा भएको दिन नगद कारोबार, चेक क्लियरिंग,आरटीजीएस लगायत अत्यावश्यक बैंकिंग सेवा प्रदान गर्न निर्देशन दिएको हो ।

राष्ट्र बैंकले बिहान १०ः०० देखि दिउँसो १ः३० बजेसम्म इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाले आवश्यक विभाग तथा कार्यालय खुला राखी सेवा सुचारु गर्ने व्यवस्था मिलाउन समेत निर्देशन दिएको छ ।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...