बर्दिवास मेयर गोल्डकपको फाईनल खेलमा क्यामरुन एफ सी क्लब बिजयी

[sharethis-inline-buttons]

आज्ञा खबर
बर्दिवास
फागुन २६ गतेबाट सुरु भएको दोस्रो बर्दिवास मेयर गोल्डकप फुटबल खेलको बिहीबार भएको फाइनल खेलमा धरान फुटबल क्लबलाई ०–७ गोलले हराउँदै क्यामरुन एफ सी विजयी भएको छ ।

खेलको २५ मिनेटमा क्यामरुनका ११ नम्बर जर्सीका खेलाडी रिचार्ड विल्सनले पहिलो गोलको सुरुवात गरेसंगै खेल अवधिभर उनले ५ गोल गरेपछि उनी फईनल खेलकै सबै भन्दा बढि गोल हान्ने खेलाडी बनेका थिए् । खेलको मध्यान्तरपछि क्यामरुनका १५ नम्बर जर्सीका खेलाडी सावाले २ गोल गरेर क्यामरुन एफ सी ७ गोलले विजयी भएको हो।
खेलमा जित हात पारेसँगै क्यामरुनले ५ लाख नगदसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। खेलको दोश्रो विजेता बनेको धरान फुटबल क्लबले तीन लाखसहित सिल्ड र प्रमाणपत्र पाएको छ ।
खेलमा उत्कृष्ट खेल्ने ५ खेलाडीलाई १० हजार रुपैयाँ नगद पुरस्कार वितरण गरिएको छ। खेलमा ८ वटा समुहले भाग लिएको नगर खेलकुद विकास समितिका अध्यक्ष दीपेन्द्र कुमार शिवभक्तिले जानकारी दिए ।