आज्ञा खबर
बर्दिवास
महोत्तरीको बर्दिवासमा भईरहेको दोस्रो मेयर गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत शुक्रबार भएको दाश्रो खेलमा आयोजक टिम बर्दिवास युथ क्लबलाई हराउदै पेमा युवा क्लब बिराटनगर विजयी भएको छ ।
आयोजकको तर्फबाट बर्दिवास युथ क्लबलाई २ गोल गर्दै पेमा युवा क्लब बिजयी भएको हो । पेमा युवा क्लका तर्फबाट फागुराम चौधरीले खेल अवधी भित्र २ गोल गरेका थिए ।
चौधरीको गोल मात्रैले पेमा युवा क्लबले बर्दिवालाई पराजित पारेको हो । आजको खेलमा चौधरी म्यान अफ द म्याच घोषित भएका छन । उनी ५ हजार नगद पुरस्कार सहित म्यान अफ द म्याच घोषित भएका हुँन।