आज्ञा खबर
बर्दिवास
महोत्तरीको बर्दिवासमा दोस्रो मेयर गोल्डकप फुटबल प्रतियोगिता बिहीबारबाट सुरु भएकोे छ । खेल शुरु भएको पहिलो दिनमा विरगन्ज युनाइटेड पर्सा र वाग्मती युथ क्लब बिचको खेलमा वाग्मती युथ क्लब सर्लाही ०–१ गोल अन्तरले बिजयी भएको छ ।
निर्धारित समयमा दुवै टोलीले गोल गर्न नसकेपछि ट्राइबेकर खेलमा बाग्मती बिजयी भएको हो ।
ट्राइबेकरमा वाग्मती युथ क्लबले ५ गोल गरेपछि ०–१ गोलले विरगन्ज युनाइटेड पछि परेको थियो । विरगन्ज युनाइटेडले ०–४ गोलमात्रै गरेकाले वाग्मतीले जित हात पारेको नगर खेलकुद विकास समिति बर्दिवासका सचिव अर्जुन बस्नेतले जानकारी दिए ।
खेलमा वाग्मती युथ क्लबका गोलरक्षक अनिष चौधरी म्यान अफ द म्याच घोषित भए । चौधरीलाई बर्दिवासको लक्की रेडिमेट पसलले ५ हजार पुरस्कार प्रदान गरेको छ ।
पmागुन १ र २ गते खेलको सेमिफाइनल र ४ गते फाइनल खेल हुने आयोजकले जनाएको छ ।