आज्ञा खबर
बर्दिवास
उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले ’विकास निर्माणका फाइल मन्त्रालयको विभिन्न टेवलमा बिनाकारण रोकिएमा’किन रोकिए कारण देखाउन आफ्नो मन्त्रालयमा सोधिने बताएका छन।
महोत्तरीको बर्दिवासमा आयोजित आधारशिलाको २० औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले मन्त्रालयको विभिन्न टेवलमा बिनाकारण रोकिएका फाईलको काम तुरुनत अघि बढाईने बताए। उनले
देशको पूर्वाधार निर्माणको जिम्मेवारी पाएका कोही कसैलाई गाली गर्ने पक्षमा आफू नरहेको तर व्यक्तिगत स्वार्थ लिएर राज्यलाई नोक्सानी गर्ने कसैलाईपनी छुट नदिने बताएका छन् । ’राष्ट्रिय निर्माण उद्योग र ठेक्का पाएका व्यक्तिका प्रतिष्ठान स्थापित गर्ने पक्षमा हामी छौं, तर आफ्नो स्वार्थका कारण राज्यलाई नोक्सान पु¥याउने जोकोहीलाई टुलुटुलु हेरेर नबस्ने प्रस्ट पारे।
अहिलेको सरकारलाई प्रतिपक्षी सहितको असाधारण विश्वास प्राप्त भएकाले राष्ट्रिय आवश्यकतामा सबै दलसँग साझा सहमति खोज्न सरकार प्रतिबद्ध रहेको श्रेष्ठको भनाइ छ । राष्ट्रिय स्वाधीनताको रक्षा, सामाजिक न्याय सहितको समृद्धि र शान्ति प्रक्रियाको बाँकी काम गर्न अहिले पनि राष्ट्रिय सहमति आवश्यक रहेकाले सबैलाई साझा सहमतिमा रहन पनि श्रेष्ठले अपिल गरे ।
आधारशिला कम्युनिस्ट आन्दोलनलाई सफल बनाउन योगदान पु¥याउनेहरुको सामूहिक बसोबास भएकाले अहिलेको प्रतिकूल अवस्थामा पनि आधारशिला टिकिरहनु प्रसन्नताको विषय भएको श्रेष्ठले बताए । आधारशिला परिवारको संरक्षकसमेत रहेका श्रेष्ठले पूर्णकालीन राजनीतिमा लागेका नेता कार्यकर्ताका बालबच्चाको रेखदेख र लालनपालनका लागि खडा गरिएको आधारशिला अहिले कम्युन उन्मुख संस्थाको रुपमा विकास भइरहेको जानकारी दिए ।
सामूहिक परिवार आधारशिलामा अहिले १२ परिवारका ३६ सदस्यको बसोवास छ । पूर्वशिक्षामन्त्री गिरिराजमणि पोखरेलसहित १२ परिवार आधारशिलामा बसोबास गर्दै आएको छन् ।