आज्ञा खबर
रौतहट
जिल्ला प्रशासन कार्यालय रौतहटले कार्यालय वरपरबाट बिचौलिया हटाएको छ।
बिचौलियाहरुको चलखेलको कारण सेवाग्राही मर्कामा परेको गुनासो बढेपछि उनीहरूलाई हटाइएको छ ।
प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले सेवा प्रवाहमा बिचौलियाको चलखेल रोक्न कार्यालय आसपास बस्दै आएका बिचौलियाको भीड हटाउन लगाएका हुँन।
जिल्ला प्रसासन कार्यालय वरपर टेबुल कुर्सी राखेर, बोरा बिच्छ्याएर, दुईचार वटा फाइल राखेर सेवाग्राहीका कामको समेत जिम्मेवारी लिने बिचौलियालाई हटाइएको बताईएको छ।
अहिले वडा कार्यालयले नै अनुसूची सिफारिस गरी पठाउने भएकोले सेवाग्राहीलाई बिचौलियाको आवश्यक नभएका कारण बिचौलियाको सेवाग्राहीको पहुँच कार्यालयसँग नहुने भएकोले बिचौलिया विस्थापित गर्नु आवश्यक परेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।





































