राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरियो

[sharethis-inline-buttons]

आज्ञा खबर
काठमांडौ
सभापति रवि लामिछानेले गृहमन्त्रालयको जिम्मेवारी नपाएपछि राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएको छ। आईतवार पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारबाट फिर्ता हुने निर्णय लिएको हो।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिने निर्णय गरेको हो। प्रधानमन्त्री प्रचण्डले गृह छोडेर भौतिक पूर्वाधार मन्त्रालय लिन गरेको आग्रहलाई रास्वपाले अस्वीकार गरेको हो।

रास्वपाले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाउँदै सरकारलाई दिएको समर्थन कायम राख्ने भएको छ।