नक्कली नोटसहित दुई जना पक्राउ

[sharethis-inline-buttons]

आज्ञा खबर
सिरहा
नक्कली नोटसहित सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरोले सिरहाको लहान नगरपालिका–८ बाट दुईजनालाई पक्राउ गरेको छ् ।
पक्राउ पर्नेमा लहान नगरपालिका–९ का ३० वर्षीय मोहम्मद ओसिन र वडा नम्बर १० स्थायी घर भएका २२ वर्षीय मोहम्मद राज शेख रहेका छन् ।

उनीहरुको साथबाट नक्कली नोटसहित, नोट बनाउन प्रयोग गरिने कागजको बण्डल, दुई थान मोबाइल सेट, ७ थान सिमकार्ड तथा १ हजार ५५ रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुबैजनालाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय लहानमा बुझाइएको छ ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...