सरकारबाट बाहिरिने रास्वपाको निर्णय

[sharethis-inline-buttons]

आज्ञा खबर
काठमांडौ

सरकारबाट मन्त्री फिर्ता बोलाउने निर्णय गरेपछि आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अबको ५ वर्षपछि प्रधानमन्त्री बन्ने गरी आउने बताएका छन् ।

उनले भने, ‘उपप्रधानमन्त्री, गृह मन्त्रालय होइन । आगामी निर्वाचनमा प्रधानमन्त्री बन्ने गरी आउने हो ।’

सभापति लामिछानेले आफू अरूसँग नभई नेपाली जनतासँग मात्रै डराउने बताए । ’कसैले खेदेर डराउँदिनँ । म केही गल्ती गरिहाल्छु कि भनेर जनतासँग मात्रै डराउँछु,’ उनले भने ।

उनले आफू जेल गए पनि रास्वपा अघि बढ्ने बताए । ’म जेल गए पनि रास्वपा अघि बढ्छ । म मरे वा बहुलाए पनि रास्वपा चल्छ,’ उनले भने ।