आज्ञा खबर
काठमांडौ
वर्तमान संसद्को पहिलो अधिवशेनको रुपमा प्रतिनिधिसभाको बैठक आइतबार (भोलि) बस्दै छ ।
नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो १ बजे बैठक बस्ने संसद् सचिवालयले जनाएको छ । बैठकमा शून्य र विशेष समयमा सांसदहरूले विभिन्न विषयमा आफ्नो धारणा राखेपछी कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधानले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ बमोजिमको बाधा अड्काउ फुकाउ आदेश सदनसमक्ष पेस गर्ने सम्भावित कार्यसूची छ ।





































