बर्दिबासमा पहिलो पल्ट राष्ट्रिय स्तरको दोश्रो मेयर गोल्डकप फुटबल खेलको आयोजना हुने

[sharethis-inline-buttons]

आज्ञा खबर
बर्दिवास
महोत्तरीको बर्दिबासमा पहिलो पल्ट राष्ट्रिय फुटवल खेल आयोजना हुने भएको छ।

एन्फाको स्वीकृति लिएर बर्दिवास नगर खेलकुद बिकास समितीले राष्ट्रियस्तरकै चर्चित कलवलाई सहभागि गराई यहि माघ २६ गत्तेबाट दोश्रो मेयर गोल्डकप फुटबलको आयोजनागर्न लागेको हो।
खेलमा देशभरका ८ वटा कलव सहभागि हुने छन्।

बिरगञ्ज युनाइटेड, क्यामरुन एसी, पेमा युवा कलव, व्याइज युनियन, धरान फुटबल कलव, झापा–११ फुटबल कलव र आयोजकको तर्फबाट बर्दिबास युथ कलवसहित ८ वटा टिम खेलमा सहभागी हुने बर्दिवास नगर खेलकुद बिकास समितीका अध्यक्ष दिपेन्द्र कुमार शिवभक्तीले जानकारी दिए।

खेलको अनुमानित लागत ४५ लाख लाग्ने अनुमान गरिएको छ जसमध्ये बर्दिबास नगरपालिकाले खेलकोलागी ३० लाख बजेट छुट्याइसकेको र वाकी रकम स–प्रायोजन गर्ने कम्पनी र संस्थाहरुवाट व्यवस्थापन गरिने बताईएको छ।
खेलमा पहिलो र दोश्रो हुने टिमलाइ क्रमशः ५ लाख र ३ लाख पुरस्कारको ब्यवस्था गरीएको छ ।
खेलको सवै विद्यामा उत्कृष्ट हुने खेलाडीलाई जनही १० हजार राशीको पुरस्कार प्रदान गरीने छ।

४ फाल्गुणसम्म जारी रहने खेलमा हरेक दिन म्यान अफ द ,म्याचको लागी पनि पुरस्कारको ब्यवस्था गरिएको छ। म्यान अफ द, म्याचको लागि ५ हजार प्रदान गर्ने खेलकुद विकास समितिका सचिव अर्जुन बस्नेतले बताए।

आयोजक टिमको तर्फबाट सहभागी हुने बर्दिबास युथ कलवले वाहिरी खेलाडी समावेश गरेको छैन।
नगरको १४ वटै वडावाट उत्कृष्ट ३४ जना खेलाडी चयन भएका छन्। प्रशिक्षक कुल वहादुर श्रेष्ठले दिइरहेको उक्त प्रशिक्षणपछि २२ जनावाट खेलको लागी छनोट हुने बताइएको छ।