आज्ञा खबर
रौतहट
रौतहटमा प्रहरीमाथि चक्कु प्रहार भएको छ । फरार अभियुक्तलाई पक्राउ गर्न गएका प्रहरी सहायक हवल्दार सुरेश यादवमाथि चक्कु प्रहार भएको हो। चक्कु प्रहाबाटर यादव घाइते भएका छन् ।
गौर नगरपालिका वडा नं. २ लालबकैया खोलापारी केरा घारीमा डाँका चोरी र ज्यान मार्ने उद्योग मुद्दाका फरार अभियुक्त बसेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रौतहटवाट खटिएको प्रहरी टोलीले सर्च अप्रेशन गरेको थियो । गौर नगरपालिका वडा नं. ५ कोइरीटोल बस्ने १९ वर्षीय राहुल यादव र गौर नगरपालिका वडा नं. ४ बस्ने १९ वर्षीय रवि यादवलाई प्रहरीले नियन्त्रणमा लिन खोज्दा राहुलले प्रहरी सहायक हवल्दार यादवलाई चक्कु हानेका गरेका थिए ।
चक्कु लागेर प्रहरी सहायक हवल्दार सुरेशको दाहिने हातमा चोट लागेको छ । प्रहरीले चाइनिज पेस्तोलबाट १ राउण्ड हवाइफायर गरी राहुल यादवलाई पक्राउ गरेको थियो । उनको साथबाट चक्कु र कैची समेत बरामद गरेको छ ।
घटनापछि भाग्न सफल रविलाई खोजतलास गर्ने क्रममा बिहीबार बिहान नियन्त्रणमा लिएको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक उमाशंकर प्रसाद यादवले बताए ।
रौतहट गौर नगरपालिका वडा नं. ४ मै लुकेर बसेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरु दुवै जनालाई जिल्ला प्रहरी कार्यालय रौतहटमा राखेर प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।