प्रतिनिधिसभा सदस्य अरुणकुमार चौधरी पक्राउ

[sharethis-inline-buttons]

आज्ञा खबर
कैलाली
कैलाली –२ बाट निर्वाचित सांसद अरुणकुमार चौधरी पक्राउ परेका छन । ट्रयाक्टर जलाएको मुद्दामा फरार सूचीमा रहरेका संसद चौधरीलाई आज बाँकेबाट पक्रउ गरीएकोे जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए ।

२०६६ भदौ ३ गते ट्रयाक्टरमा आगजनी भएको घटनामा कैलाली जिल्ला अदालतले चौधरीसहित पर्शुराम चौधरी र वीरबहादुर चौधरीलाई दोषी ठहर गरेको थियो ।

तीनै जनालाई ६ महिना कैद र आठ लाख १९ हजार रुपियाँ भराउने अदालतको फैसला छ । ट्रयाक्टरधनी मोतीपुरका महादेव बजगाइँले तीनै जनाविरुद्ध उजुरी दिएका थिए अदालतले गरेको फैसला कार्यान्वयनका लागि सांसद चौधरीलाई पक्राउ गरिएको जनाइएको छ ।

अदालतले दोषी ठहर गरेको चौधरी सजाय भुक्तान नगरी नागरिक उन्मुक्ति पार्टीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...