प्रहरीको हिरासतबाट फरार ६ थुनुवा मध्ये एकजना पक्राउ

[sharethis-inline-buttons]

आज्ञा खबर
धनुषा
धनुषाको ईलाका प्रहरी कार्यालय सखुवामहेन्द्रनगरको हिरासत फोडेर फरार भएका ६ जना थुनुवाहरूमध्ये एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मिथिला नगरपालिका ६ का २८ वर्षीय रोशन महतो रहेका छन् ।
ईलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासत कक्षबाट भित्ता फोडेर सोमबार बिहान ६ जना थुनुवा फरार भएका थिए । फरार उनिहरुलाई जिल्ला प्रहरी कार्यालय धनुषा र मधेस प्रहरी कार्यालयको संयुक्त टोलीले सर्च अपरेशन टोलीले खोजतलास तीव्र पारेपछीे फरार थुनुवा मध्ये महतोलाई पक्राउ गर्न सफल भएको हो ।

महतोमाथी हातहतियार खरखजाना मुद्दा चलिरहेको छ । उनलाई हतियारसहित प्रहरीले गत शनिबार मात्रै पक्राउ गरेर सार्वजनिक गरेको थियो ।

अन्य बाँकी ५ जनाको खोज तलाश भइरहेको प्रहरीले जनाएको छ ।