काठमाडौँ,धनुषाको नक्टाझिजमा पहिलो पटक राष्ट्रियस्तरको पाँचौँ संस्करणको साहाना प्रधान स्मृति महिला हक्की प्रतियोगिता हुने भएको छ।मधेस प्रदेशको राजधानी जनकपुरधामदेखि उत्तरी भेगमा पर्ने मिथिला नगरपालिका–२ नक्टाझिजस्थित हिमालय युवा क्लबको खेल मैदानमा यही माघ २३ देखि २८ गतेसम्म राष्ट्रियस्तरको खेल हुने नेपाल हक्की सङ्घले जनाएको छ ।
सङ्घका अनुसार प्रतियोगितामा सातवटै प्रदेश र नेपाल आर्मीको टोलीको सहभागिता रहनेछ । मधेस प्रदेशमा महिला हक्की टोलीलाई उकास्न र महिला सशक्तीकरणमा जोड दिन राष्ट्रियस्तरको खेल मधेस प्रदेशमा ल्याउन सफल भएको हक्की टोली मधेस प्रदेश संयोजक रवीन्द्र सिंहले बताए । प्रतियोगिता नेपाल हक्की सङ्घ र मिथिला नगरपालिकाको संयुक्त आयोजनामा हुनेछ । रासस