आज्ञा खबर
धनुषा
धनुषामा पेस्तोलसहित एकजना पक्राउ परेका छन ।
पक्राउ पर्नेमा जिल्लाको मिथिला नगरपालिका वडा नं. ७ का २८ वर्षीय रोशन महतो रहेको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ ।
बिहिबार राति ८ बजेको समयमा मिथिला २ नकटाझिझ चोक स्थित इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटेको प्रहरी टोलीले शंकाको आधारमा महतोलाई चेकजाँच गर्दा उनको साथबाट माउजर पेस्तोल १ थान, गोली २ राउण्ड लोड गरिएको १ थान म्याग्जीनसहित नियन्त्रणमा लिएको मधेश प्रदेशका प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिनाले जानकारी दिए ।
पक्राउ परेका महतोलाई जिल्ला प्रहरी कार्यालय धनुषामा बुझाई थप अनुसन्धान थालिएको बताईएको छ ।