गृहमन्त्री लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दाको सुनुवाइ सकियो, आदेश आउँदै

[sharethis-inline-buttons]

आज्ञा खबर
काठमांडौ
नागरिकता विवादसम्बन्धी मुद्दामा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संवैधानिक इजलासमा सुनुवाइ सकिएको छ। ऋाज लामिछानेका कानुन व्यवसायीले बहस गरेका थिए भने रिट निवेदकका तर्फबाट पनि जवाफी बहस समेत भएको थियो।

बहस सकिएसँगै इजलासले आजै निर्णय सुनाउँछ वा सुनाउने मिति तोक्छ भन्ने यकिन छैन। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेविरुद्धको मुद्दामा बुधबारदेखि सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसहित न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई, अनिल सिन्हा र विश्वम्भरप्रसाद श्रेष्ठको संवैधानिक इजलासमा सुनुवाइ भएको थियो।

शुक्रबार लामिछानेका तर्फबाट नरेन्द्र गौतम, आशिष कुइँकेल, सुदिग्य पन्त र यज्ञमणी न्यौपानेले बहस गर्दै रिट खारेजीको माग गरेका थिए। रिट निवेदकका तर्फबाट अधिवक्ता सुरेन्द्र भण्डारी, रमण कर्ण र अनिता श्रेष्ठले जवाफी बहस गर्दै रिट जारी गर्न माग गरे।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...