निकेश खनाल
बर्दिवास
महोत्तरीको बर्दिवास उद्योग बाणिज्य संघका अध्क्षय बिष्णु बहादुर खड्काले बर्दिवास नगरपालिकामा ब्यवसायगर्ने ब्यावसायीकोे हकहितकोलागि अहोरात्र कामगर्न तयार रहेको बताएका छन।
महोत्तरीको बर्दिवासमा आयोजित महोत्तरी फर्निचर तथा फर्निसिङ्घको दाश्रो अधिबेशन तथा चौथो साधारण सभालाई सम्बोधन गर्ने क्रममा उनले सो कुरा बताएका हुँन।
उनले बर्दिवासका ब्यवसायीको सुरक्षाकालागि नगरको मुख्य बजार क्षेत्रमा सि.सि.क्यामेरा जडानगर्नकालागी कार्ययोजना बनिरहेको तथा बर्दिवास भित्र हुन सक्ने अपराधिक गतिबिधिलाई नियन्त्रण गर्न महोत्तरी र धनुषा जोड्ने सिमा क्षेत्र बिपी राजमार्गमा प्रहरी चौकी राख्न पहल थालेको बताए।
अध्क्षय खड्काले नगरभित्रका ब्यवसायीलाई बिपद पर्दा संघले राहत स्वरुप दिने भनिएको पाँचलाख एकाउन्न हजार रकम बितरण तथा अक्षयकोष स्थापनाकालागी काम थालिएको समेत जानकारी गराए।
उनले बर्दिवास १४ की बालिका गुलाबसा खातुनको बलत्कार पछी गरीएको हत्याको आरोपिका कारवाहीको बिषयमा समेत कडा कदम चालेर दोषिलाई कारवाहीको पहललिने समेत जनकारी दिए ।
खड्काले बर्दिवासमा ब्यपार गर्ने ब्यपारीको स्ुबिधालाई ध्यान दिदै माघ महिना भित्रमा घरेलु तथा साना उद्योगमा दर्ता भएका ब्यवसायीहरुको नविकरणकालागी घुम्तिटोली ल्याईने समेत प्रतिबद्धता जनाए।
नेपाल फर्निचर तथा फर्निसिङ्घका केन्द्रिय कोषा अध्क्षय बद्रि प्रसाद होमागाईको अध्क्षयतामा भएको भेलाले गोबिन्द बहादुर खड्काको अध्क्षयतामा ११ सदस्य नयाँ जिल्ला कार्यसमिती समेत गठन गरेको छ।
समितीको उपाध्क्षयमा रामबाबु ठाकुर सचिबमा सागर श्रेष्ठ कोषा अध्क्षयमा यादब पोखरेल सदस्यमा राधाकृष्ण शर्मा,घमबहादुर बिश्वकर्मा लगायतका रहेका छन।