आज्ञा खबर
काठमांडौ
पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेको सम्झनामा पुस २७ गते सरकारले सार्वजनिक बिदा दिँदै आएपनी नेपालमा गणतन्त्रपछि एकता दिवसबारे बिदा दिने नदिने बिषयमा विवाद हुँदै आएको थियो।
यो बर्ष देशभर पुस २७ गते सरकारले सार्वजनिक बिदा दिने भएको छ। सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले २७ पुस अर्थात् पृथ्वी जयन्तीका दिन सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए।





































