पत्रकारलाई ज्यनमार्ने धम्की दिने मेयरमाथि कारबाही नभए आन्दोलन गर्ने पत्रकार महासंघको चेतावनी

[sharethis-inline-buttons]

आज्ञा खबर
धनुषा

नेपाल पत्रकार महासंघ धनुषा शाखाले जनकपुरका पत्रकार शैलेन्द्र महतो क्रान्तिलाई ज्यान मार्ने धम्की दिने धनुषाको विदेह नगरपालिका मेयर बेचन दास तत्मालाई कारबाहीको माग गरेको छ । शनिबार धनुषा शाखा सचिव बटुकनाथ झाले एक प्रेस विज्ञप्ती जारी गर्दै नगरप्रमुख जस्तो व्यक्तिले पत्रकार महतोलाई दिएको ज्यान मार्ने धम्की घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

मधेश प्रदेशको सर्वोच्च निकाय कानून बनाउने थलो प्रदेशसभा परिसरम पत्रकार महतोमाथि गैरजिम्मेवार, अपमानजनक र अभद्र व्यवहार गरेका नगरप्रमुख दासलाई अभिलम्ब कानुन बमोजिम कारबाही गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।
घटनाप्रति खेद प्रकट गर्दै महासंघले यथासीघ्र नगरप्रमुख दासलाई कारबाही नभए चरणवद्ध आन्दोलनमा जान वाध्य हुने चेतावनी समेत दिएको छ ।

‘नगरप्रमुख दासले पत्रकारले लेखेको समाचारलाईनै लिएर पत्रकारलाई दुश्मन ठानी वदलाको भावना लिएर गालीगलौज र अपशब्द पहिला पनि प्रयोग गर्दै आएको हामीलाई जानकारी हुन आएको छ’ विज्ञप्तीमा अगाडि लेखिएको छ ‘पत्रकारले लेखेको समाचारले समाजलाई सही दिशा तर्फ सकारात्मक परिवर्तनको रुपमा नलिई जाई लाग्नु समाज, राष्ट्र र स्वयम् आफ्नै लागि पनि दुर्भाग्यपूर्ण रहेको छ । त्यसैले यस घटनाको जति निन्दा र भर्त्सना गरेपनि कम नै हुनेछ ।’

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...