सिरहाबाट २९ लाखभन्दा बढी मूल्यको सामान बरामद

[sharethis-inline-buttons]

आज्ञा खबर
सिरहा
सशस्त्र प्रहरीले सिराहाको विभिन्न स्थानबाट करिब २९ लाख २२ हजार चार सय रुपियाँ बराबरको लत्ताकपडा र अगरबत्तीको धूलो बरामद गरेको छ ।

विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गण सिराहाले लुकाईछिपाई राखेको अवस्थामा बुधबार उल्लेखित मूल्य बराबरको लत्तापकडा र अगरबत्तीको धूलो बरामद गरेको हो ।

सशस्त्र प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले सिराहाको नवराजपुर गाउँपालिका ५ मेनहा बस्ने सञ्जय महतोको जस्तापाताले छाएको टहरामा लुकाई राखेको अवस्थामा १६ लाख २२ हजार चार सय रुपियाँ बराबरको लत्ताकपडा र अगरबत्तीको धूलो बरामद गरी सिराहा भन्सार कार्यालय मार्डरमा बुझाएको जानकारी दिनुभयो ।

यसैगरी, सोही गाउँपालिका ५ झाँझपट्टी बस्ने विनोद यादवको घर नजिकै लुकाई राखेको पाँच लाख रुपियाँ बराबरको १२० बोरा अगरबत्तीको धूलोसमेत बरामद भएको छ ।

सशस्त्र प्रहरीले सोही ठाउँकै मेनहा बस्ने ब्रह्मदेव महतोको जस्ताले बनाएको टहरोमा ५ लाख ५० हजार रुपियाँ बराबरको १६० बोरा अगरबत्तीको धूलो र सोही गाउँपालिका ३ जगतपुर बस्ने शिवनारायण यादवको आँगनमा लुकाई राखेको अवस्थामा दुई लाख ५० हजार रुपियाँ बराबरको ७२ बोरा अगरबत्तीको धूलो बरामद गरेको हो ।

बरामद सामान भन्सार कार्यालय लैजाने क्रममा स्थानीयले ढुङ्गा हान्दा सशस्त्र प्रहरीको बा १ ग २०५५ नम्बरको ट्रकमा समेत क्षती पुगेको सशस्त्र प्रहरी नायब उपरीक्षक थापाले बताउनुभयो ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...