नग्न तस्बिरमा टाउको जोडेर चरित्र हत्या गर्ने एकजना पक्राउ

[sharethis-inline-buttons]

आज्ञा खबर
महोत्तरी
सामाजिक सञ्जालमा साथी बनाएर कुराकानी गर्ने र पछि चरित्र हत्या गर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ।
इन्टरनेटमा महिलाको नग्न तस्बिरमा टाउको जोडेर फेसबुक मेसेन्जरमा पठाई चरित्र हत्या गर्ने एक युवालाई प्रहरीले भक्तपुरबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भक्तपुरको भक्तपुर नगरपालिका वडा नम्बर ९ बस्ने २५ वर्षीय सुमन त्योछिन रहेको प्रहरीले जनएको छ।
उनले नग्न तस्बिरमा पीडित महिलाको टाउको जोडेर पीडितलगायत आफन्तसमेतको फेसबुक मेसेन्जरमा पठाउने गरेको प्रहरीमा उजुरी परेको थियो ।

सोही उजुरीको आधारमा उनलाई पक्राउ गरीऐको प्रहरीले जनएको छ । उभियुक्तलाई कारबाही अघि बढाउन बुधबार काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद दिइएको प्रहरीको साइबर ब्यूरोले जनाएको छ ।