आज्ञा खबर
काठमाडौं,इन्टरनेटमा रहेको नग्न तस्बिरमा महिलाको टाउको जोडेर फेसबुक मेसेन्जरमा पठाउँदै चरित्र हत्या गर्ने एक युवालाई प्रहरीले पक्राउ गरेको छ ।
सामाजिक सञ्जालमा साथी बनाइ कुराकानी गर्ने र पछि चरित्र हत्या गर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले भक्तपुरको भक्तपुर नगरपालिका वडा नम्बर ९ बस्ने २५ वर्षीय सुमन त्योछिनलाई पक्राउ गरेको हो ।
उनले थग्न तस्बिरमा पीडित महिलाको टाउको जोडेर पीडितलगायत आफन्तसमेतको फेसबुक मेसेन्जरमा पठाउने गरेको उजुरी परेको थियो ।
सोही उजुरीको आधारमा पक्राउ परेका उनलाई कारबाही अघि बढाउन बुधबार काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद दिइएको प्रहरीको साइबर ब्यूरोले जनाएको छ ।