काठमाडौंले जनकपुरलाई दियो नेपाल टी २० लिगकै ठूलो लक्ष्य

[sharethis-inline-buttons]

आज्ञा खबर

काठमाडौं एलेक्स ब्लेकको आक्रमक अर्धशतकप्रेरित काठमाडौं नाइट्सले नेपाल टी २० लिगमा मंगलबार जनकपुर रोयल्सलाई २०९ रनको लक्ष्य दिएको छ।त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको काठमाडौंका लागि वान् डाउनमा क्रिजमा उत्रिएका क्लेकले ४३ बलमा चार चौका र सात छक्कासहित ८३ रनको आक्रामक इनिङ खेले।

त्यसअघि ओपनर विरनदीप सिंह ३४ बलमा सात चौका र एक छक्कासहित ४९ रनमा आउट हुँदा अर्धशतक बनाउन एक रनले चुकेका थिए। अर्का ओपनर लोकेश बम १५ रन जोडेर पेभेलियन फर्केका थिए।

यस्तै, अज्मतुल्लाह ओमारजाईले १५ बलमा एक चौका र चार छक्कासहित ४३ रनको विस्फोटक इनिङ खेले।

जनकपुरका लागि पवन सर्राफले दुई तथा सोमपाल कामी, जितेन्द्र मुखिया, शारफुद्दिन असरफ र आदिल आलमले एक–एक विकेट लिए।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...