धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकामा अज्ञात समूहको गोली प्रहारबाट एक युवकको मृत्यु भएको छ ।
मुखियापट्टी मुसहरनिया गाउँपालिकामा शनिबार साँझ अज्ञात समूहको गोली प्रहारबाट सोही गाउँपालिका–२ बस्ने ४० वर्षीय धानुक दासको मृत्यु भएको हो ।
गोली प्रहारबाट गम्भीर घाइते भएका दासलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा ल्याउँदा चिकित्सकले मृत घोषित गरेका छन् । उनको बायाँ पाखुरामा गोली लागेको थियो । स्थानीयले गोली चलेको आवाज सुनेपछि प्रहरीलाई खबर गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदिपबहादुर क्षेत्रीले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिनुभयो । गोली कसले र किन चलाएको विषयमा अनुसन्धान भइरहेको वहाले बताउनुभयो ।