आज्ञा खबर
बर्दिबास,
महोत्तरीको बर्दिबास उद्योग वाणिज्य संघको अध्यक्षमा विष्णुबहादुर खड्का निर्वाचित भएका छन् । उनले अध्यक्षय अर्का उमेदवार कृष्णप्रसाद गौतमलाई १२१ मतान्तरले पराजित गर्दै बिजयी भएका हुन् ।
खड्काले ७३४ मत ल्याएर बिजयी भएका हुँन भने उनका निकटतम प्रतिद्वन्दी गौतमले ६१३ मत ल्याएका छन।
यस्तै सदस्यहरूमा सन्तोष कुमार श्रेष्ठ ९१४, दिपक कार्की ८५८, सन्तोष सिग्देल ८५६, उत्तम कुमार श्रेष्ठ ८५३, रञ्जितराज ढुङ्गाना ७५०, शैलेस दाहाल ७५६, गुञ्ज बहादुर कार्की ७३०, सुरज खड्का ७२७, चन्द्रबहादुर खड्का ७१७, उषा ढकाल ६९६, चौधरी महतो ६९५ र वेचु बल ६७५ मत ल्याएर निर्वाचित भएका हुन् ।
१ हजार ७६९ मतदाता रहेको बर्दिबास उद्योग वाणिज्य संघको चुनावमा १ हजार ४७३ जनाले मतदान गरेका थिए ।





































