बर्दिबास उद्योग वाणिज्य संघको चुनाव: मतदान सम्पन्न, आजै मतगणना सुरु हुने

[sharethis-inline-buttons]

अमृत कुमार महतो
बर्दिबास,

महोत्तरीको बर्दिबासस्थित बर्दिबास उद्योग वाणिज्य संघको चुनाव अन्तर्गतको मतदान सम्पन्न भएको छ।

नयाँ कार्यसमितिका लागि भएको मतदान सम्पन्न भएकाे हाे । १ हजार ७६९ मतदाता रहेको बर्दिबास उद्योग वाणिज्य संघको चुनावमा १ हजार ४७३ जनाले मतदान गरेको निर्वाचन समितिको संयोजक अधिवक्ता टिकाध्वज खड्काले जानकारी दिए ।

उनका अनुसार अबको केही बेरमा बैठक बसेर मतगणना सुरु हुने तयारी छ । एक अध्यक्ष र १२ सदस्य गरी १३ पदमा मतदान भएकाे हाे ।

अध्यक्ष पदका लागि तीनजना उम्मेदवार चुनावी मैदानमा छन् ।कृष्णप्रसाद गौतम र विष्णुबहादुर खड्का प्यानलसहित चुनावी मैदानमा छन् भने जागेन्द्र श्रेष्ठले अध्यक्षमा मात्रै उम्मेदवारी दिएका हुन् ।

कृष्णप्रसाद गौतमको टीमबाट सदस्यहरुमा दिपेन्द्र पराजुली, सन्तोषमणि घिमिरे, फणिन्द्रराज भट्टराई, रामनाथ साह, दिपक कार्की, दिनेश श्रेष्ठ, बेचु बल, चन्द्रबहादुर खड्का, उषा ढकाल, अशोक महतो, पवन ढुंगाना र अताबुल नदाफ चुनावी मैदानमा उम्मेदवार रहेका छन् ।

यस्तै अर्का अध्यक्ष पदका उम्मेदवार विष्णुबहादुर खड्काको प्यानलबाट सदस्यहरुमा उत्तम श्रेष्ठ, गुन्जबहादुर कार्की, सन्तोष श्रेष्ठ, बद्रिप्रसाद हुमागाई, रुद्रबहादुर किङरिङ्गं, सन्तोष सिग्देल, विष्णुदेव उपाध्याय, सैलेश दाहाल, रन्जितराज ढुंगाना, चौधरी महतो, नसिफ नदाफ र सुरज खड्काले उम्मेदवारी दिएका छन् ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...