आज्ञा खबर
काठमांडौ
गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा कांग्रेसले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ गरी कूल ८९ सिट जितेर संघीय संसद्को सबैभन्दा ठूलो दल बनेपछी नेपाली कांग्रेसबाट निर्वाचित सांसदहरूलाई प्रधानमन्त्री देउवले बालुवाटारमा शनिवार ३ बर्जे बधाई तथा शुभकामना दिन चियापान कार्यक्रम आयोजना गरेका छन्।
सबैभन्दा ठूलो दलको हैसियतमा कांग्रेसले आफ्नै नेतृत्वमा पाँच दलीय सत्ता गठबन्धनको नयाँ सरकार गठनका लागि कसरतमा छ।
निर्वाचन आयोगले बुधबार निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरी बिहीबार राष्ट्रपतिसमक्ष प्रतिनिधिसभा निर्वाचनको प्रतिवेदन बुझाएसँगै नयाँ सरकार गठनको चर्चा सुरु भएको छ।





































