पंकज चौधरी दाईजोविरुद्धको कसुरमा पक्राउ

[sharethis-inline-buttons]

आज्ञा खबर
महोत्तरी

महोत्तरीको रामगोपालपुर ५ का ३५ वर्षीय डा. पंकज चौधरीलाई मंगलबार साँझ दाइजो विरुद्धको जाहेरीको आधारमा प्रहरीले पक्राउ गरेको छ ।
पत्नी नेहाले दिएको दाईजो विरुद्धको जाहेरीको आधारमा पंकजलाई पक्राउ गरेको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी सन्तोष पोखरेलले जानकारी दिए । दाईजोविरुद्धको कसुरमा कारबाही गर्न पंकजमाथि अनुसन्धान गरिरहेको डिएसपी पोखरेलले बताए ।

पंकजलाइ जिल्ला प्रहरी कार्यालय जलेश्वरको हिरासतमा राखि अनुसन्धान भईरहेको छ । गत फागुनमा नेहा र पंकजको समाजिक परम्परा अनुसार विवाह भएको थियो । बिवाहमा नेहाको माइत पक्षले नगद र सुनचाँदी गरी १ करोड २५ लाख रुपैयाँ खर्च गरेको थियो । पंकजले दाइजोमा काठमाडौंमा घर किनिदिन भन्दै आफूमाथि कुटपिट तथा यातना दिँदै आएको नेहाको आरोप छ ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...