कुटपिटबाट एक वृद्धाको मृत्युु

[sharethis-inline-buttons]

आज्ञा खबर

सर्लाहीको चक्रघट्टमा कुटपिटबाट एक वृद्धाको ज्यान गएको छ। चक्रघट्टा–२ बेल्हीमा कुटपिटबाट जयसी रायकी ७० वर्षीय श्रीमती सागरदेवी रायको मृत्यु भएको सर्लाहीका प्रहरी उपरीक्षक प्रवीण पोखरेलले जानकारी दिए।

जग्गाको विषयमा भएको विवादमा सागर देवीमाथि देवर ६५ वर्षका पुकार राय, उनका छोरा ४० वर्षका जितु भनिने जितेन्द्र राय र बुहारी ३० वर्षकी अनितादेवी रायले कुटपिट गरेकाे स्थानीयको भनाइ छ।मृतकको शव परीक्षणका लागि प्रादेशिक अस्पताल मलङ्गवामा ल्याइएको छ। घटनामा संलग्नमध्ये देवर पुकारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डिएसपी विजयी यादवले जानकारी दिए।आरोपित जितेन्द्र र अनिता फरार रहेका छन्।

फरार दुवैको खोजी भइरहेको र घटनाको विषयमा समेत थप अनुसन्धान भइरहेको सर्लाही प्रहरीले जनाएको

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...