ब्यवसायीलाई दैबि प्रकोप भएमा उद्धार मार्फत रु ५ लाख ५० हजार बराबरको अक्षय कोष स्थापना गरी तत्काल प्रदान गरीने खड्काको भनाई

[sharethis-inline-buttons]

निकेश खनाल
बर्दिवास
आगामी पुस ५ गत्ते महोत्तरीको बर्दिवास नगरपालिकामा हुन गईरहेको बर्दिवास उद्योग बाणिज्य संघको निर्वाचनका अध्यक्ष पदका उमेदवार बिष्णु बहादुर खड्का सहित उनको प्यानलले निर्वाचनमा बिजयी भएमा गरीने कामहरुको आफ्नो प्रतिबद्धतापत्र सार्बजनिक गरेको छ।
ब्र्दिवास स्थित सिन्धुली चोकमा रहेको बर्दिवास उद्योग बाणिज्य संघ खड्का प्यानलका स्वतन्त्र उमेदवारको कार्यालयमा सोमबार पत्रकार सम्मेलनको आयोजना गरी सो प्रतिबद्धता सार्बजनिक गरेको हो।

प्रतिबद्धतामा बर्दिवास उद्योग बणिज्य संघलाई चुस्त ,पारदर्शी तथा ब्यवसायीहरुको ,हक हितमा कामगर्न र बर्दिवासउद्योग बाणिज्य संघलाई बिधि बिधान तथा पद्धतीको आधारमा लैजान सल्लाहकारहरुको सल्लाह सुझाब तथा ब्यवसायिको हक हितमा कामगर्न संस्थालाई पारदर्शी राख्न तथा प्रतेक बर्ष साधारण सभा गरीने उल्लेख गरीएको छ।

ब्यवसायीहरुले झेल्दै आएको चर्काे कर प्रणालीलाई सहजिकरण गनर्,े संघमा आबद्ध ब्यवसायीलाई दैबि प्रकोप भएमा उद्धार मार्फत रु ५ लाख ५० हजार बराबरको अक्षय कोष स्थापना गरी तत्काल प्रदान गरीने प्रतिबद्धता पत्रमा भनिएको छ।
बर्दिवास बजारमा हुने गरेको चोरी नियन्त्रण गर्न ठाउ ठाउमा सि.सि क्यामेरा जडान गरी २४ संै घन्टा सञ्चालनमा ल्याईने तथा बिग्रीएका सि सि क्यामेराको मर्मत सम्भार गरीने जानकारी गराईएको छ।
त्यसैगरी ब्यवसाय गरेका घरको भाडादरलाई ब्यवसायी र घर धनी बिच सुमधुर सम्बन्ध कायम गर्दै घर भाडा्मा समन्वय गर्न पहल गरीने, बिद्युतको तार जेब्रा क्रसिé तथा अब्यवस्थित पाकिéलाई ब्यवस्थित गर्ने।

नेपालउद्योग बणिज्य महासंघ केन्द्रिय कार्यालय नेपाल सरकार प्रदेश सरकार र स्थानिय सरकार संग समन्वय गरी बर्दिवास क्षेत्रलाई पर्यटकिय स्थलको रुपमा बिकास गरीने समेत प्रतिबद्धता पत्रमा भनिएको छ।

त्यसकासाथै बर्दिवास क्षेत्रमा कलकारखाना खोल्न बिषेश पहल गरीने। ब्यवसायमा महिला उद्यमीलाई प्रोत्साहन गर्न सुलभ रुपमा कर्जा प्रदान गर्न पहल गरीने समेत बताइएको छ।

यस क्षेत्रका बयवसायीले खेप्दै आईरहेको चर्काे ब्याज दरको सशक्त प्रतिबाद गर्नै।
तिनैतहको सरकार तथा सबै राजनितिक दलहरुसंग सम्नवय गरी बर्दिवासको बिकासमा टेवा पुयाईने बिज्ञप्तीमा उल्लेख छ। यस्का साथै बर्दिवास नगरमा सञ्चालनमा रहेको एफ. एम रेडियो पत्र पत्रिका तथा अनलाईन मिडियाको बिकास तथा प्रबद्धनमा जोड दिईने समेत बिज्ञप्तीमा उल्लेख गरीएको छ।