लागुऔषधसहित ६ जना पक्राउ

[sharethis-inline-buttons]

आज्ञा खबर
चन्द्रागिरी नगरपालिका(२ नागढुङ्गाबाट नियन्त्रित लागुऔषध प्रोमेथाजिन २ सय एम्पुल, डाइजेपाम २ सय एम्पुल र बुप्रेनोर्फिन २ सय एम्पुलसहित सप्तरी खडक नगरपालिका(६ बस्ने २१ वर्षीय अनिलकुमार भगतलाई प्रहरीले पक्राउ गरेको छ ।
गाईघाटबाट काठमाडौंतर्फ आउँदै गरेको प्र ०२९००१ ख ५५५५ नम्बरको बसलाई प्रहरी प्रभाग नागढुङ्गाको प्रहरीले जाँच गर्ने क्रममा सिटमा लुकाई ल्याउँदै गरेको उक्त लागुऔषधसहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस्तै, सिरहा, नवराजपुर गाउँपालिका(५ कुसण्डीबाट नियन्त्रित लागुऔषध डाइजेपाम ३ सय १ एम्पुल, बुप्रेनोर्फिन ३ सय १ एम्पुल र फेनारगन ३ सय १ एम्पुलसहित सिन्धुली घर बताउने १९ वर्षीया शरु नेपाली पक्राउ परेका छन्। भारतबाट नेपालतर्फ आउँदै गरेको बा।७८ प ७९१६ नम्बरको मोटरसाइकलमा सवार उनलाई ईलाका प्रहरी कार्यालय झाझपट्टीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो । हाल फरार रहेका मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।
यसैगरी सिरहा धनगढीमाई नगरपालिका(१२ कुस्माहा खुट्टी खोलाबाट अवैध लागुऔषध गाँजा करिब ९२ केजीसहित भगवानपुर गाउँपालिका(४ बस्ने ४४ वर्षीय शिवनाथ मण्डललगायत ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय विष्णुपुरकट्टी र ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले उनीहरूले ४ वटा बोरामा बोकी ल्याउँदै गरेको उक्त गाँजासहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
उदयपुर, कटारी नगरपालिका(६ साँगुरीबाट अवैध लागुऔषध गाँजा करिब १ सय २० केजी शनिबार बिहान प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय कटारी र प्रहरी चौकी रिस्कुबाट गस्तीमा खटिएको प्रहरीलाई देख्नासाथ अपरिचित व्यक्तिहरूले बोकी ल्याएका ६ वटा बोरा फाली फरार भएपछि बोरा जाँच गर्ने क्रममा उक्त गाँजा फेला पारी बरामद गरेको हो । हाल फरार व्यक्तिहरूको प्रहरीले खोजी गरिरहेको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।