महोत्तरी
महोत्तरी निर्वाचन क्षेत्र नं ४ मा गए राति एमाले – जसपाका प्रतिनिधिसभा सदस्यका उम्मेदवार डा. सुरेन्द्र यादवकी श्रीमतिले विपन्न बस्तीमा पैसा बाड्न गएको आरोपमा केहि व्यक्तिहरुले लखेटेका छन् ।
गए राती १० बजेको समयमा डा. यादवकी श्रीमति भारतिय नम्बर प्लेट रहेको BR30PA3225 को स्कारपियामा चढेरमा पैसा बाडदै हिडेको सुचना सथानीहरुले महोत्तरी क्षेत्र ४ ‘क’ का प्रदेश सभाका स्वत्रन्त्र उमेदवार लक्ष्मी नारायण यादवले थाहा पाउन साथ उनको कार्यकर्ताहरुले लखेटेका थिए।
सो क्रममा गाडीमा तोडफोड भएको छ भने कुनै किसिमको अप्रिय घटना नभएको बताइएको छ।
समयमै गस्तिमा रहेका प्रहरीहरुले घटना स्थलमा पुगेपछी केही अप्रिय घटना नभएकाे प्रहरीले जनाएको छ।
यस घटनाकाे बारेमा कठुधार प्रहरी चाैकीमा सम्पर्क गर्दा यस बिषयमा अनुसन्धान थालेकोले अहिले नै घटना यहि हो भन्न नसकिने जनाएको छ।