२ जना मृतावस्थामा फेला

[sharethis-inline-buttons]

झापा र दाङमा दुई जना मृतावस्थामा फेला परेका छन् । झापाको मेचीनगर नगरपालिका-५ घैलाडुब्बास्थित पुलमुनी खोलामा बुद्दशान्ती गाउँपालिका-५ बस्ने ४५ वर्षीय होम बहादुर पोख्रेल आइतबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी दाङको घोराही उपमहानगरपालिका-१४ बिपि चोकस्थित प्रतिक्षालयमा हाल नाम, थर, वतन नखुलेका करिब ५२ वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...