आज्ञा खबर
महोत्तरी
उदाउँदो सूर्यको अर्घ्य दिँदै छठ पर्व विधिवत् सम्पन्न भएको छ ।
आज बिहान जलासय किनारमा पूजासामग्रीसहित ब्रतालुले सूर्यको अर्घ्य दिएपछि छठ सम्पन्न भएको हो । यस अघि हिजो साँझ अस्ताउँदो सूर्यको अर्घ दिइएको थियो ।
अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिन पोखरी, नदी, इनार लगायतको जलासय किनारमा हिजो दिउँसोदेखि नै पूजा सामग्रीसहित श्रद्धालु तथा ब्रतालु पूजा आराधना गरि बसेका थिए ।
अर्घ दिने ब्रतालु ४८ घन्टासम्म पानी पनि नखाई उपवास बस्ने गर्दछन् ।
सन्तान एवं पारिवारिक सुख समृद्धिको कामना गर्दै अत्यन्त श्रद्धापूर्वक मनाइँने छठ पर्व मनाइन्छ ।