रञ्जन भण्डारी
महोत्तरी,
महोत्तरीमा सशस्त्र प्रहरीले ठूलाे परिमाणमा पटाका बरामद गरेको छ। सशस्त्र प्रहरी बल, नेपाल नं. ९ गण हेडक्वाटर र सशस्त्र प्रहरी बल, नेपाल बिओपी सम्सीले छुट्टाछुट्टै उक्त पटाका बरामद गरेको हो।
सशस्त्र प्रहरीले दुई ठाउबाट क्रमश ६७ हजार र ५५ हजार बराबरको पटाका बरामद गरेको सशस्त्र प्रहरी बल,नेपाल नं. ९ गण हेडक्वाटरका एसपी दिपेन्द्र गिरीले बताए।
गणको टोलीले शनिबार बिहान मटिहानी नगरपालिका ९ हनुमान चोकबाट र बिओपी सम्सीको टोलीले सम्सीचोकबाट बरामद पटाका नष्ट गरेको छ।
आउँदै गरेको तिहार र छडपर्वमा पटाकासँगै अन्य सामग्री अवैधरुपमा नेपाल भित्रिने सम्भावना रहेकोले प्रहरीले चेक–जाँचमा कडाइ गरेको छ।





































