आज्ञा खबर
बर्दिवास
बर्दिवास नगरक्षेत्र भित्रको छरिएर रहेको पुँजी, प्रविधि र प्रतिभालाई स्वावलम्बन तथा पारस्पारिकताका आधारमा एकीकृत गर्दै शेयर सदस्यहरुको आर्थिक,सामाजिक विकासका लागि स्थापित महोत्तरीको बर्दिवास १ स्थित बर्दिवास बचत तथा ऋण सहकारी संस्थाले शुक्रवार ११ औ बार्षिक साधारण सभा सम्पन्न गरेको छ। २०६८ सालमा ८८ जना शेयर सदस्यहरु मिलेर २२ लाख शेयर पुँजीमा सञ्चालनमा ल्याईको यस संस्थामा हाल ३४ सय शेयर सदस्यका २ करोड् ३८ लाख भन्दा बढी शेयर पुँजी रहेका छन। त्यसैगरी संस्था सञ्चालनदेखी आर्थिक बर्ष २०७८÷७९ साल सम्मा १६ करोड् ४९ लाख भन्दा बढी संस्थाले ऋण लगानी गरेको छ। त्यस्तै संस्थाले गत आर्थिक बर्ष सम्मा १४ करोड् भन्दा बढी बचत संकलन शेयर सदस्यहरुबाट गरेको छ।
बर्दिवास बचत तथा ऋण सहकारी संस्थाले यस आर्थिक बर्षमा २४ लाख ५० हजार नाफा गरेको छ। संस्थाले आफ्नो सेवा प्रवाहलाई छिटो छरीतो बनाउन मोबाईल बैकिङ्ग, क्युआर कोर्ड सेवा आई.एम.ई. सेवा लगायतका सेवा सञ्चालनमा ल्याएको छ।
बर्दिवास नगरपालिकाका प्रमुख प्रलाद कुमार क्षेत्रीको प्रमुख आतिथ्यता तथा संस्थाको अध्यक्ष शंकर श्रेष्ठको अध्यक्षतामा भएको साधारण सभामा असल ऋणी असल बचतकर्ता सामाजिक कार्यमा संलग्न असल जेष्ठ नागरिक तथा सामुदायिक बिद्यालयका जेहन्दार बिद्यार्थी लगायतलाई सम्मान गरेको संस्थाका ब्यवस्थापक रमेश सिंह ठकुरीले जानकारी दिनु भयो। आजको साधारण सभाको बन्द सत्रले धिरेन्द्र कुमार सिंहको स्थानमा हर्कबहादुर तामाङ्गलाई सञ्चालक समिती सदस्यमा चयन गरेको छ।