वडा दशैंको रौनक बढाउने लिङ्गे पिङ्ग हराउदै

[sharethis-inline-buttons]

निकेश खनाल
बर्दिवास
अचेल वडा दशैंको रौनक बढाउने लिङ्गे पिङ्ग हराउदै गएकोछ । ८÷१० वर्ष अघिसम्म दशैंको घटस्थापनादेखि नै हरेक गाउको टोल टोलमा लिङ्गे पिङ्ग हालेर पिङ्ग खेल्दै मानिसहरु दशैमा रमाईलो गर्ने गर्थे । तर आजभोली त्यस्तो पिङ्ग त देख्नै छाडिएकोछ । कही कही दुर्लभ रुपमा मात्रै देखिन्छ लिङ्गे पिङ्ग ।

दशैंसंग जोडिएर धार्मिक, ऐतिहासिक र साँस्कृतिक सम्बन्ध बोकेको यो पिङ्ग संस्कृती जोगाउनपनी राख्न आवश्यक छ।

दशैमा साथीभाई तथा आफन्त संग चचहुई गर्दै पिङ्गमा मच्चिनुको छुट्टै आनन्द आउछ महोत्तरीको बर्दिवास नगरपालिका वडा नं. १४ हमाल टोलका रुपक हमालले भने आजभोली यी कुरा ईतिहास बन्न थालेकोछ । हामी हाम्रो संस्कृति विर्सदै छौं उनले भने भावी पुस्ताकालागि समेत यस्को जगेर्नागर्न आवश्यक छ।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...