राजा झा
जनकपुरधाम
मधेस प्रदेशमा चालु आर्थिक वर्षको दुई महिनामा प्रतिबन्धित लागुऔषधसहित विभिन्न स्थानबाट २४७ जना पक्राउ परेका छन्।
आठवटै जिल्लाबाट २३५ जना पुरुष र १२ महिला लागुऔषधसहित पक्राउ परेको मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिनाले जानकारी दिए।
यस्तै, प्रहरीले यस अवधिमा लागुऔषध गाँजा ८२० केजी ७२८ ग्राम, डाइलेक्स डिसी ५९ लिटर, ब्राउन सुगर २५० ग्राम, ट्याब्लेट १४ हजार २८२ पिस, चरेस १५ किलो, इन्जेक्सन २३ हजार ७ सय र हिरोइन ५९ ग्राम २०२ मिलिग्राम बरामद भएको प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ।
यस अवधिमा पदीय मर्यादाविपरीत काम गर्ने ३८ जना प्रहरी कर्मचारीसमेत कारवाहीमा परेका छन्। यस्तै, पेशामा उत्कृष्ट काम गर्ने ४१ जना प्रहरी पुरस्कृत भएको प्रवक्ता तिम्सिनाले जानकारी दिए।





































