आज्ञा खबर
धनुषा
धनुषाबाट प्रतिबन्धित ब्राउन सुगरसहित एक युवक एक युवतीगरी दुईजना पक्राउ परेका छन् ।
सशस्त्र प्रहरीले धनुषाको बिदेह नगरपालिका १ महिनाथपुर स्थित भारतबाट नेपाल तर्फ आउदै गरेका युवक युवतीलाई हेलमेटमा ब्राउन सुगर राखेको अवस्थामा नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेमा सिरहाको कर्जना नगरपालिका ३ थाना चौक बस्ने २३ वर्षीय महादेव मण्डल र कर्जना २ बन्दीपुर छगरिया बस्ने १९ वर्षीया अस्मिता खत्री रहेको सशस्त्र प्रहरी बलले जनाएको छ।
भारतबाट नेपाल तर्फ आउँदै गरेको स ६ प ८०८६ नम्बरको मोटरसाइकललाई शंकाको आधारमा चेकजाँत गर्दा मण्डलले लगाएको हेलमेटबाट १६।८५ ग्राम ब्राउन सुगर बरामद भएको हो।
पक्राउ परेका दुबैजनालाई ईलाका प्रहरी कार्यालय खजुरीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।





































