१९ किलो चाँदीसहित एक भारतीय नागरिक पक्राउ

[sharethis-inline-buttons]

आज्ञा खबर
धनुषा
प्रहरीले १९ किलो चाँदीसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारत बिहारको मधुवनी जिल्लाको सुट्ठी गाउँका ५० वर्षिय चन्द्रकान्त झा रहेका छन
धनुषाको जटही नाकाबाट चाँदी नेपाल भित्र्याउँदै गरेको अवस्थामा उनलाई सशस्त्र प्रहरीले पक्राउ गरेको
सशस्त्र प्रहरी बल (जटही) का प्रहरी नायब उपरीक्षक निर्मल खड्काले बताए।
शरीरमै चाँदीका पोका बाँधेर साइकल चढेर आउँदै गर्दा चेकजाँचका क्रममा उनी चाँदीसहित पक्राउ परेका हुन्।

बरामद १९.४१७ केजी चाँदीको मूल्य १९ लाख ६४ हजार ३ सय ४० नेपाली रुपैयाँ रहेको उनले बताए । भारतीय नागरिकको साथबाट एक थान साइकल, मोबाइल र घडी पनि बरामद गरिएको छ । चाँदी र पक्राउ परेका भारतीय नागरिकलाई भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।