जबरासँग आज पनि बयान लिँदै

[sharethis-inline-buttons]

आज्ञा खबर
काठमांडौ

संसदको महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग आज शुक्रबार पनि बयान लिँदैछ ।

जबरासँग पूरक प्रश्न गर्न आज बिहान ९ बजे बैठक डाकिएको छ ।

समितिले यसअघि उनीसँग ४३ वटा प्रश्न सोधिसकेको छ ।

बयानका क्रममा जबराले सात जना वकिलको नाम लिएका थिए । समितिले बिहीबार उनीहरुसँग सोधपुछ गरेको थियो ।

सर्वोच्चका ६ जना बहालवाला न्यायाधीश र ४ पूर्वप्रधानन्यायाधीशलाई समितिले छलफलका लागि बोलाए पनि उनीहरू उपस्थित भएनन् । न्युज कारखाना

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...