चिनियाँ प्रतिनिधिमण्डलले आज राष्ट्रपतिलाई भेट्दै,

[sharethis-inline-buttons]

आज्ञा खबर
काठमांडौ
नेपालको औपचारिक भ्रमणमा आएका चीनको राष्ट्रिय जनकांग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुले आज राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्दैछन्। अध्यक्ष लीको नेतृत्वको भ्रमण दलमा ६ जना चिनियाँ उच्च अधिकारी, सुरक्षाकर्मी, सञ्चारकर्मी र अन्य स्टाफसहित ६७ सदस्यीय प्रतिनिधिमण्डल रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
चिनियाँ प्रतिनिधिमण्डलले आजै बिहान भक्तपुर दरबार क्षेत्रमा भूकम्पपछि पुनःनिर्माण भएका संरचनाको अवलोकन भ्रमण गर्ने कार्यक्रम छ।
अध्यक्ष ली भोलि बिहान विशेष विमानबाटै स्वदेश फर्कने कार्यक्रम रहेको छ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...