एमाले अध्यक्ष ओली आज जनकपुर आउदै

[sharethis-inline-buttons]

आज्ञा खबर
जनकपुरधाम,

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज जनकपुरधाम आउँदै छन् ।

एमालेको आयोजनामा आज जनकपुरधामको तिरुहितया गाछीमा आयोजना हुन लागेका बृहत जनसभा तथा पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन अध्यक्ष ओली आउन लागेका हुन् ।

एमाले धनुषाका अनुसार तिरुतिया गाछीमा हुने कार्यक्रममा जनता समाजवादी, काँग्रेस, लोकतान्त्रिक समाजवादी र माओवादी पार्टी छोडेर ठूलो संख्यामा मानिसहरु एमाले प्रवेशको तयारीमा छन् ।

यसका लागि स्थानीय पार्टी र केन्द्रीय नेताहरुले लामो समय देखि प्रयास जारी राखेका थिए । आजको कार्यक्रममा कम्तीमा ५ हजार जनालाई एमाले प्रवेश गराइने स्थानीय युवा नेता शम्भू साहले जानकारी दिए ।

पार्टी प्रवेशपछि आज ११ बजे आयोजना हुने बृहत्त जनसभालाई अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।