व्यापारीलाई मल बेच्ने सहकारीलाई कारबाहीको सिफारिस

[sharethis-inline-buttons]

अमृत कुमार महतो
बर्दिवास,

महोत्तरीको बर्दिवासमा किसानलाई वितरण गर्न ल्याइएको मल व्यापारीलाई बढी मूल्य लिएर बेच्ने एक सहकारी संस्थालाई कारवाही गरिने भएको छ ।

बर्दिबास नगरपालिका–९ पशुपतिनगरस्थित रहेको जनउपभोक्ता सहकारी संस्थालाई कारवाहीका लागि वडा कार्यालयले नगरपालिका कार्यालयलाई सिफारिस गरेको हो ।

वडाअध्यक्ष घुरण महतोले आईतबार बर्दिबास नगरपालिकाको कार्यालय र इलाका प्रहरी कार्यालय बर्दिबासलाई पत्र काट्दै किसानको मल व्यापारीलाई बेच्ने सहकारी संस्थालाई कारवाहीका लागि सिफारिस गरेका हुन् ।

सहकारीका सञ्चालक रामजतन महतोले भंगाहा नगरपालिकाका व्यापारी सन्जय साहलाई बेचेको मल शुक्रबार राति करिब ९ बजे लोड गरेर भंगाहातर्फ जाँदै गर्दा स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएपछि घटना बाहिरिएको हो ।

घटनाबाहिरीएपछी वडाध्यक्ष महतोले चासो देखाएका छन् । वडाध्यक्ष महतोले उक्त सहकारी संस्था बारम्बार कालोबजारी कार्यमा संलग्न रहेको पाईएपछि संस्था र संचालकमाथि कारबाही प्रक्रिया अघि बढाईएको बताए ।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...