आज्ञा खबर
काठमांडौ
सिट बाँडफाँटको टुंगो लगाउन थप छलफल गर्न आइतवार पनि सत्ता गठबन्धनको बैठक बस्दैछ। सिट बाँडफाँटको विषयमा दलहरुबीच सहमति नजिक पुगेको शनिवारको बैठकपछि सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री कार्कीले बताए। ’हामी सहमतिको नजिक पुगिसकेका छौँ। छलफल जारी छ। यसलाई व्यवस्थित रूपमा सार्वजनिक मात्रै गर्न बाँकी छ,’ मन्त्री कार्कीले भने, ’चाँडै नै टुंगो लाग्छ भन्ने कुरामा विश्वास दिलाउन चाहन्छौँ।’
थप छलफलका लागि आज साढे ८ बजे गठबन्धनको बैठक बस्ने कार्कीले जानकारी दिए।
आइतवारको बैठकमा जसपा अध्यक्ष उपेन्द्र यादव सहभागी थिएनन्। पछिल्लो पटक माओवादी, जसपा र एकीकृत समाजवादीले सिट बाँडफाँटमा कांग्रेसले दम्भ देखाएको आरोप लगाउँदै आएको छ। आइतवारमात्रै जनकुपर पुगेर यादवले गठबन्धनमा सम्मानजनक स्थान नदिइए गठबन्धनमा बस्न बाध्य नहुने चेतावनी दिएका छन्। मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधि र प्रदेशसभामा गठबन्धनमा सम्मानजनक तालमेल हुने अवस्था नभए जसपा गठबन्धनबाट बाहिरिने यादवले बताउँदै आएका छन्। कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको नेतृत्वमा गठन भएको सिट बाँडफाँट कार्यदलले प्रतिवेदन तयार गरे पनि अझै निष्कर्ष निकाल्न सकेको छैन।





































